पोखराको पृथ्वीचोकमा ताजा फलफुलका लागि खुल्यो फलरस
पाेखरा | बैशाख १, २०८०
पोखरा: स्वच्छ, ताजा फलफुलका लागि पोखराको पृथ्वीचोकमा फलरस पसल खुलेको छ ।
मौसमी तथा वेमौसमी फलफुल र यसबाट बनाइने विभिन्न जुसहरुको सुविधा सहित पोखराको पृथ्वीचोक स्थित पोखरा मलमा फलरस पसल खुलेको हो । पसलको शुक्रबार पोखरा महानगरपालीका वडानम्बर ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानी र पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष योगेन्द्र केसिले सयुक्त रुपमा उद्घाटन गरेका छन् ।
नेपाल फलफुल थोक व्यवसायी संघ काठमाडौँका अध्यक्ष समेत रहेका फलफुल व्यवसायी अमर बाँनिया सहित पोखराका दिल बहादुर थापा र कमल बहादुर थापाले करिब ४० लाखको लगानीमा फलरस पसल संचालनमा ल्याएका हुन् । काठमाडौँमा फलफुलको होलसेल पसल सञ्चालन गर्दै आएका बाँनियाले पोखराको लामाचौरमा पहिलो पटक फलरस पसल खोलेका थिए ।
लामाचौरमा ग्राहक बढेपछि फलफुलको माग अनुसार दोस्रो शाखाको रुपमा पृथ्वीचोकमा खोलेको उनले बताए । बच्चा देखि बिरामी सम्मले खाने फलफुल हाइजेनिक, स्वच्छ, सफा हुनुपर्ने जिकिर गर्दै त्यस मापदण्डलाई पुरा गरि पसल खोलिएको उनको दावी छ । उनका अनुसार आधुनिक मेसिनहरु प्रयोग गरि बनाइएका विभिन्न फलफुलको जुस, लस्सी समेत पसलमै उपलब्ध हुने छ । गर्मीयाममा मौसमी मेवा, आँप र उखुँ जुसको माग बढि हुने गरेको छ ।
फलफुलमा प्रशस्त्र मात्रमा भिटामिन ए, बी १, बी ६, सी, डी, पोटासियम, फस्फोरस, आइरन लगायतका पौष्टिक तत्व पाइने भएकाले मानव शरीरका लागि एकदमै आवश्यक रहेकोे चिकित्सकहरु बताउँछन । फलफुलले शरीरमा पानीको मात्रा बढाउन मद्दत गर्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । त्यसैले गर्मीमा फलफुल खानु निकै लाभदायक मानिन्छ ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...
म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

